
कोरोना सङ्क्रमणबाट बच्ने उपायहरू अहिले विभिन्न पालिकाहरुमा प्रभावकारी रूपमा सुरु गरिएका छन् । दैलेखको गुराँस गाउँपालिकाले कामदार, मजदुर, गरिब र विपन्न समुदायको राहतका लागि पालिकाका सबै वडाहरुमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ ।
खाद्यान्न महँगोमा खरिद गर्नुपर्ने बाध्यता भएको भन्दै गुनासो बढेपछि नौ वटै वडामा यस्तो तयारी थालिउको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् ।
सुपथ मूल्य पसल सञ्चालन गरेर बजारको रेट भन्दा कम मुल्यमा खाद्यान्न वितरण गर्ने र वडा सम्मको ढुवानी खर्च पालिकाले बेहोर्ने गरी काम सुरु गरिएको ओलीले बताए ।
खाद्यान्न व्यवस्थापनका लागि सामग्री लिनेहरुलाई पनि समय निर्धारण गरिने र दुरी कायम गरेर सुरक्षित रूपमा खाद्यान्न वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
हरेक वडामा १ सय बोरी चामल, २ क्यून्टल दाल, ५ पेटी तेल लगायतका सामानहरू पठाउने तयारी भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन्









